Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • शेयर बजार ४१ अङ्कले घट्याे, तीन अर्ब ३० करोडको कारोबार

    शेयर बजार ४१ अङ्कले घट्याे, तीन अर्ब ३० करोडको कारोबार

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 555
    SHARES

    फाइल फोटो

    काठमाडौं । सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेदेखि नै अन्तिम समयसम्म परिसूचक नेप्से ओरालो लाग्यो ।

    अन्ततः अघिल्लो दिनको तुलनामा ४१ अंकले घटेर नेप्से २१२७ अंकमा कायम भएको छ ।



    बजार घटे पनि कारोवार रकम भने हिजो आइतवारको तुलनामा केही बढेको छ । आज दुई सय ५६ वटा कम्पनीका ८८ लाख ३६ हजार कित्ता शेयर तीन अर्ब ३० करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् ।



    सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सेयर बजारको पुँजीकरणको सर्वाधिक हिस्सा ओगटेको बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी त्यस्तै हाइड्रोपावर लगायत सम्पूर्ण उपसमुह घटेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार