Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सडकमा पार्किङ नदिँदा बजार बन्द

    सडकमा पार्किङ नदिँदा बजार बन्द

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 399
    SHARES

    विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् ।

    मेयर नागेश कोइरालाको निर्णयको विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् ।



    महानगरपालिकाले मुख्य बजार क्षेत्रमा विकल्प नदिई पार्किङ हटाएकाले सोमबार पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डल भनाइ छ।



    महानगरपालिकाले बजार क्षेत्रमा रहेका खाली जग्गामा पार्किङ बनाउने अभियान सञ्चालन गरिररहेको छ ।

    महानगरपालिकाले शनिमन्दिर–जलजलाचोक, शनिमन्दिरदेखि महावीर रोडसम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित घोषणा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार