Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पाकिस्तानको पेशावरमा विष्फोट हुँदा २८ जनाको मृत्यु

    पाकिस्तानको पेशावरमा विष्फोट हुँदा २८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 462
    SHARES

    एजेन्सी । पाकिस्तानको पेशावर सहरमा रहेको एक मस्जिदमा भएको विष्फोटमा परी २८ जनाको मृत्यु भएको छ ।

    पेशावरको मस्जिदमा प्रार्थानाका लागि मानिसहरु भेला भएका बेला विष्फोट भएको हो । विष्फोटमा परी अरु १५० भन्दा धेरै घाइते भएका छन् ।



    विष्फोटपछि मस्जिदको संरचना ध्वस्त भएको र भग्नावशेषमा धेरै मानिसहरु फसिरहेको हुनसक्ने प्रहरीले बताएको छ । विष्फोटनका बेला उक्त मस्जिदमा ३ सय जनाभन्दा धेरै मानिसहरु भेला भएका थिए ।



    सुरक्षा अधिकारीले पछिल्लो विष्फोटन आत्मघाती आक्रमण भएको हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको जनाएका छन् । आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन ।

    यद्यपि सुरक्षा अधिकारीले केही समययता पाकिस्तानी तालिबानले ठूलो आक्रमण गर्नसक्ने चिन्ता व्यक्त गर्दै आएका थिए ।

    पाकिस्तानी प्रधानमन्त्री सहबाज शरिफले आक्रमणको निन्दा गर्दै अधिकारीहरुलाई घाइतेको उपचार गर्न निर्देशन दिएका छन् । उनले आक्रमणमा संलग्नमाथि कारवाही गरिने आश्वासन पनि दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार