Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • योजना आयोगमा ज्ञवाली, शाक्य र महतलाई नियुक्त गर्ने सरकारको निर्णय

    योजना आयोगमा ज्ञवाली, शाक्य र महतलाई नियुक्त गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 432
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।



    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुसेन्द्र महतलाई नियुक्त गर्ने निर्णय गरिएको हो ।



    यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार