Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अकुत सम्पत्ति कमाएको आरोप लागेका सडक विभागका इन्जिनियर दोषी ठहर

    अकुत सम्पत्ति कमाएको आरोप लागेका सडक विभागका इन्जिनियर दोषी ठहर

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 417
    SHARES

    फाइल फोटो

    काठमाडौं । अकुत सम्पत्ति कमाएको अभियोग लागेका सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्य दोषी ठहर भएका छन् ।

    विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।



    विशेष अदातले आचार्यसहित उनकी श्रीमती रितादेवी आचार्यलाई समेत दोषी ठहर गरेको छ।



    ३ करोड २१ लाख ६२ हजार ४८० रुपैयाँ अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई प्रतिवादी बनाउँदै २०७७ असार १९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार