Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पाकिस्तानको मस्जिदमा विस्फोट : कम्तीमा ३२ जनाको मृत्यु, १५० घाइते

    पाकिस्तानको मस्जिदमा विस्फोट : कम्तीमा ३२ जनाको मृत्यु, १५० घाइते

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 876
    SHARES

    एजेन्सी । पाकिस्तानी सहर पेशावरस्थित एउटा मस्जिदमा भएको बम विस्फोटमा कम्तीमा ३२ जनाको ज्यान गएको छ । अन्य १५० जना घाइते भएका छन् ।

    मस्जिद भवनको एउटा खण्ड ध्वस्त भएको छ भने सरकारी अधिकारीहरूले मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन् । मृत्युमध्ये अधिकांश प्रहरी बलका सदस्यहरू रहेका छन् । बम आक्रमण नै उनीहरूमाथि लक्षित रहेको विश्वास गरिएको छ ।



    ३०० जना मानिस क्षमताको उक्त मस्जिद विस्फोटको क्रममा मानिसले लगभग भरिएको पेशावर प्रहरी प्रमुख मुहम्मद इजाज खानले बताए ।



    यद्यपि उक्त विस्फोट आत्मघाती हमला थियो कि बम आक्रमण थियो भन्नेबारे पनि यकिन भएको छैन । यसबारे अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार