Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार २ अर्बमा झर्‍यो

    सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार २ अर्बमा झर्‍यो

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 483
    SHARES

    फाइल फोटो

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले घटेको छ । बजार परिसूचक १५.७० अंकले घटेर २१११.६८ को बिन्दुमा बन्द भएको छ ।

    दोहोरो अंकले नेप्से घटेको यसदिन कारोबार रकम समेत २ अर्बमा झरेको छ । आज कूल २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ ।



    सबैभन्दा बढी रिडी पावर कम्पनीको १९ करोड २० लाख ५४ हजार ५८७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको आज १४ करोड ३७ लाख ३ हजार ४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।



    कुल २०४ कम्पनीमा ओरालो लागेको छ भने जम्मा ९ कम्पनीमा उकालो लागेको छ । १३ उपसूचकहरु मध्ये हाईड्रोपावरबाहेकका सबै उपसूचकहरु राताम्मै भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार