Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • हिरासतबाटै थुनुवा फरार प्रकरण : छानबिन गर्न प्रहरीद्धारा २ समिति गठन

    हिरासतबाटै थुनुवा फरार प्रकरण : छानबिन गर्न प्रहरीद्धारा २ समिति गठन

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 1.4K
    SHARES

    धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएको घटनाको छानबिन गर्न प्रहरीले दुईवटा समिति बनाएको छ ।

    मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाले छुट्टाछुट्टै दुई समिति गठन गरेका हुन् ।



    प्रदेश प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा ६ सदस्य छानबिन समिति गठन गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्य छानविन समिति गठन गरेका छन् ।

    दुबै समितिले उक्त घटनाको छानबिन गरेर प्रतिवेदन बुझाउने प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार