Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • सिआईबीको छानविनमा रहेका प्रभु बैंकका सिइओ शेरचनविरुद्ध उच्च अदालतमा मुद्दा

    सिआईबीको छानविनमा रहेका प्रभु बैंकका सिइओ शेरचनविरुद्ध उच्च अदालतमा मुद्दा

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । अर्बौ ऋण अपचलन गरेको आरोप लागेका प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनविरुद्ध उच्च अदालतमा मुद्दा परेको छ । बैंक सीइओ नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया) को प्रावधान विपरीत रहेको भन्दै गत शुक्रबार उच्च अदालत पाटनमा अधिवक्ता अनिता थापा केसीले मुद्दा दायर गरेकी हुन् ।

    उनले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र प्रभु बैंकका सञ्चालकहरु समेतलाई विपक्षी बनाई मुद्धा दायर गरेकी थिइन् । सो मुद्धामा उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिँदै  माघ २० गतेका लागि पेसी तोकेको छ । सीइओ शेरचनले यसअघि बैंकमा दुई कार्यकालसम्म सीइओका रुपमा काम गरिसकेका छन् ।



    तर सेञ्चुरी कमर्सियल बैंक प्रभुमा प्राप्ती भएपछि पनि शेरचन नै गैरकानूनी रुपमा माघ १५ गतेदेखि लागू हुनेगरी सिइओ भएर बसेका छन् ।



    बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन २०७३ (वाफिया) अनुसार सिइओको कार्यकाल बढीमा चार वर्षको हुने र पुनःएक कार्यकालका लागि नियुक्ति वा मनोनीत भई लगातार दुई कार्यकालसम्म मात्र कायम रहने व्यवस्था गरिएको छ । तर, शेरचन भने प्रभु बैंकले प्राप्ती गरेको संस्थालाई मर्जरको नाम दिएर गैरकानूनी रुपमा पुनः तेस्रो कार्य कार्यकालका लागि पनि नियुक्त भएका छन् । त्यस विरुद्ध अधिवक्ता अनिताले गत शुक्रबार यस्तो मुद्दा दायर गरेकी थिइन् ।

    केही वर्ष अघि प्रभु बैंकका सिइओ अशोक शेरचन आफैले सहायक कम्पनी खडा गरि अर्बौ ऋण अपचलन गरेको प्रकरणमा राष्ट्र बैंकको अनुसन्धानमा तानिएका थिए तर पनि शक्ति केन्द्रहरुको दबाबका कारण उनीमाथि छानविन हुन सकेको छैन ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले शेरचनले आफन्तका नाममा कर्जा प्रवाह गरी करोडौं अपचलन गरेको प्रकरण छानविन गर्न खोज्दा राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालिन गृह सचिव महेश्वर न्यौपानेले छानविन नै रोकाएपछि बैंकमा अझैसम्म शेरचनको मनपरी रोकिएको छैन ।

    रवि लामिछाने गृहमन्त्री बनेपछि गम्भिर प्रकृतिका अपराध र बैंकिङ कसुरका पुराना फाइल खोतलेर किनारा लगाउन सिआईबी र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए । सो अनुसार सिआईबीले प्रभु लगायतका केही बैंकहरुको खराव कर्जाका फाइल खोतल्न लागेपछि सिइओ शेरचन पुनः शक्तिकेन्द्रमार्फत दबाब दिएर छानविनलाई रोकाउने योजनामा लागेका छन् ।

    अहिलेका आईजीपी धिरजप्रताप सिंह सिआईबी प्रमुख हुँदा पनि उनले प्रभु बैंकको खराव कर्जाका फाइलमाथि अनुसन्धान गर्न खोजेका थिए । तर, शेरचनको प्रभावमा सिंह परेर हो वा शक्तिकेन्द्रकै दबाबका कारण हो उनले फाइल खोतल्न सकेनन् । उल्टै शेरचनले सिंहसँग सम्बन्ध विस्तार गरेको बैंक स्रोत नै बताउँछ ।

    अहिले प्रभु बैंकमाथिको घोटाला छानविन गर्ने हो भने शेरचन जेल जाने निश्चित छ । शेरचनले आफन्त नै शेयरहोल्डर रहेको कम्पनीमा पटक–पटक गरी करिव दुई अर्ब ऋण प्रवाह गरी आर्थिक लाभ लिएको खुलासा यसअघि नै भइसकेको छ ।

    शेरचनले कीर्ते काम गरेर समस्यामा परेको जानकी मेडिकल कलेजको नाममा ऋण प्रवाह गरेको र प्रत्येक वर्ष भ्यालुएसन बढाउँदै कहिले कलेजलाई बैंकको नाममा त कहिले कलेज नै आफन्त ससुराहरुको नाममा ल्याई ऋण प्रवाह गरेर आर्थिक लाभ लिंदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार