Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हिरासतबाटै थुनुवा फरार प्रकरण : भागेका ६ मध्ये ३ जना पक्राउ

    हिरासतबाटै थुनुवा फरार प्रकरण : भागेका ६ मध्ये ३ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 543
    SHARES

    धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट भागेका ६ मध्ये तीन थुनुवा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका ६ का रोशनकुमार महतो छन् ।



    अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदिपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरीले बताएको छ ।



    त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो । गत आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए ।

    तीन जना पक्राउ परेको र बाँकी तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार