Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ट्रमा सेन्टरका पूर्वनिर्देशकमाथि आर्थिक अनियमितताको आरोप, अख्तियारदेखि मन्त्रालयसम्म उजुरी

    ट्रमा सेन्टरका पूर्वनिर्देशकमाथि आर्थिक अनियमितताको आरोप, अख्तियारदेखि मन्त्रालयसम्म उजुरी

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 615
    SHARES

    काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका पूर्वनिर्देशक डा. सन्तोष पौडेलले पदमा रहँदा ठूलो आर्थिक अनियमितता गरेको भन्दै सरोकारवाला निकायहरुमा उजुरी परेको पाइएको छ । पूर्वनिर्देशक डा.पौडेलले एमएस अर्थोपेडिक अध्ययन गर्ने क्रममा तत्कालिन उपकुलपतिसँग मिलि सेवा अवधि नपुग्दै अध्ययन गरेको र ट्रमा सेन्टरको निर्देशक रहदाँ कर्मचारी नियुक्तिमा आर्थिक लेनदेन गरी नियुक्ति गरेको, सि आर्म खरिद, डेक्सा मेसिन, एच डी माइक्रोस्कोप खरिद तथा एम्बुलेन्स र क्यान्टिन टेण्डर गर्दा करोडौँ रुपैयाँ अनियमितता गरेको भन्दै विभिन्न निकायमा उजुरी परेको पाइएको हो ।

    प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २०७७ माघ २ मा उजुरी परेको थियो । सो उजुरीपछि २०७७ माघ १३ गते स्वास्थ्य मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति पनि गठन गरेको थियो । सो समितिले उल्लेखित विषयहरुमा अनियमितता देखिएको भन्दै माथिल्लो निकायबाट छानविन हुनुपर्ने राय दिएको थियो । सो पत्र अख्तियारमा समेत पठाएको थियो ।



    तर, हालसम्म उनी विरुद्ध कुनै कारबाही नभएपछि राष्ट्रसेवक कर्मचारीहरुले २०७९ पुस २४ गते पुनः प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्यमन्त्री र सम्पत्ति सुद्धिकरण विभागमा छानविन तथा कारबाहीको लागि निवेदन पेश गरेका छन् । तत्कालिन निर्देशक डा पौडेलले विभिन्न सामानहरु खरिद गर्दा आवश्यकता पहिचान, स्पेसिफिकेसन, अनुमानित लागत, टेण्डर स्वीकृत, बोलपत्र मुल्यांकनलगायतका समिति गठन गर्दा सबैमा आफू निटक संयोजक र सदस्य राखि नियम विपरीत टेण्डर स्वीकृत गरी करोडौ अनियमितता गरेको उजुरीमा उल्लेख छ ।



    त्यसो त २०७७ सालमा भएको क वर्गको एम्बुलेन्स खरिदमा समेत पूर्वनिर्देशक पौडेलले क वर्गको एम्बुलेन्स खरिद नगरी ठूलो अनियमितता गरेका थिए । फोटन कम्पनीको उक्त एम्बुलेन्स ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३’ विपरीत किनिएको पनि पाइएको छ । स्पेसिफिकेसन नै नमिले पनि डा. पौडेलकै जोडबलमा उक्त एम्बुलेन्स खरिद भएको वीरका कर्मचारीहरुको आरोप छ । त्यसैगरी ट्रमा सेन्टरमा सञ्चालित क्यान्टिन तथा कफिसपको सम्झौतामा पनि ठूलो आर्थिक चलखेल भएको उजुरीमा उल्लेख छ ।

    राष्ट्रिय ट्रमा सेन्टरका राष्ट्रसेवी कर्मचारी परिवारको नाममा परेको उजुरीमा पौडेलले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक भै कार्यरत रहँदा आर्थिक चलखेल गरी ३५ जना विभिन्न पदमा कर्मचारीहरु भर्ना र नियुक्त गरी सेन्टरलाई हानि पु¥याएको, नियम विपरीत इलाइट नामक तालिम केन्द्र प्रशिक्षार्थीहरुलाई ट्रमा सेन्टरको अपरेशन थिएटर र सघन उपचार कक्षमा तालिम उपलब्ध गराउँदा आर्थिक चलखेलमा परी नियम विपरीत प्रशिक्षार्थीबाट रकम असूली गरी अनियमितता गरेको, अस्पतालका लागि आवश्यक नै नभएका उपकरणहरु खरिद गरी राज्यलाई करोडौं घाटा पु¥याइएको जस्तो आरोप लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार