Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

एन्फा अध्यक्ष नेम्वाङ एएफसी सदस्यमा निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ बुधबार एसियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

हराइनको मनामामा भएको ३३औं एफसी कंग्रेसको निर्वाचनमा नेम्वाङ दक्षिण एसियाबाट सदस्यमा निर्वाचित भएका हुन्। उनको कार्यकाल सन् २०२७ सम्म रहनेछ ।

नेम्वाङसँगै साउथ जोनबाट माल्दिभ्सका बसम अदेल जालील समेत कार्यसमितिमा निर्वाचित भएका छन् । सेन्ट्रल जोनबाट इर्मातोभ रब्सान निर्वाचित भए ।

एएफसीको अध्यक्षमा भने पुनः बहराइनका शेख सलमान विन अब्राहिम अल खालिफा चार वर्षे कार्यकालका लागि निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077