काठमाडौं । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) की प्रमुख प्रशासक सामन्था पावर आगामी साता नेपाल आउँदै छिन् ।
यूएसएआईडीले बुधबार विज्ञप्ति जारी गर्दै सामन्थाले फेब्रुअरीको पहिलो साता नेपालको भ्रमण गर्ने जनाएको हो।
सामन्था क्याबिनेट स्तरकी उच्च अधिकारी हुन्। उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन्।
सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यो उच्च तहको भ्रमण हो।
नेपाल भ्रमणका क्रममा उनले नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ।
Leave a Reply