Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला

    रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 666
    SHARES

    एजेन्सी । बिहीबार पूर्वी युक्रेनको एक अपार्टमेन्ट भवनको भग्नावशेषमा बचेकाहरूलाई रुसी आक्रमणले ध्वस्त पारेपछि उद्धारकर्ताहरूले खोजी शुरु गरेका छन् ।

    युक्रेनको मध्यभागमा रहेको क्रामाटोर्स्कको एक आवासीय भवनमा बुधबार रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका छन् ।



    टाउकोमा टर्च लगाएका उद्धारकर्ताहरूले भग्नावशेषबाट बाँचेकाहरूलाई निकाल्ने काम शुरु गरेका छन् ।



    धेरै मानिसहरू फसेका विश्वास गरिएको हुनाले प्यारामेडिक, खोज र उद्धार कुकुरहरू र विस्फोटक विशेषज्ञहरू यस उद्धारकार्यमा संलग्न रहेका डोनेट्स्क क्षेत्रीय प्रहरीले जानकारी दिएका छन् ।

    आफ्नो अपार्टमेन्ट क्षतिग्रस्त भएको ७१ बर्षीय एक वासिन्दाले मैले पहिले सीटी सुनें र त्यसपछि सबै वरिपरि उड्न थाल्यो, भनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार