Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • तीनदिने भ्रमणका लागि मलेसियाका गृहमन्त्री काठमाडौंमा, औपचारिक भेटवार्ता आजबाट

    तीनदिने भ्रमणका लागि मलेसियाका गृहमन्त्री काठमाडौंमा, औपचारिक भेटवार्ता आजबाट

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 624
    SHARES

    काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् ।

    उनी बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् ।



    भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् ।



    मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग सम्वाद गर्ने स्रोतले बतायो ।

    भ्रमणमा उनले मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार