Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • आइएफआरसीका महासचिव शनिबार नेपाल भ्रमणमा आउँदै

    आइएफआरसीका महासचिव शनिबार नेपाल भ्रमणमा आउँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 378
    SHARES

    काठमाडौं । विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ ( आइएफआरसी)को महासचिव जगन्नाथ चापागाईंले शनिबारदेखि नेपाल भ्रमण गर्ने भएका छन् ।

    प्रथम नेपाली महासचिव चापागाईंले आफ्नो पद सम्हालेपछि दोस्रो पटक चारदिने नेपाल भ्रमण गर्न लागको हुन् ।



    भ्रमणका क्रममा उनले आइएफआरसीको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रस सोसाइटीका गतिविधिका बारेमा जानकारी लिने बताइएको छ ।



    उनले भ्रमणका क्रममा राजनीतिक दलका शीर्ष नेतासँग समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।

    साथै भ्रमणका क्रममा उनी आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्न लागिएका ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार