Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • समाचारप्रति सहसचिव बोहराको आपत्ती

    समाचारप्रति सहसचिव बोहराको आपत्ती

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 936
    SHARES

    अनलाइन नेपाल डटकममा मिति २०७९ माघ १३ गते शुक्रबार ‘३० करोड भ्रष्टाचारमा संलग्न बोहरालाई शहरीका सचिवले दिए तीन आयोजनाको जिम्मा’ शिर्षकमा प्रकाशित समाचारप्रति शहरी विकास मन्त्रालयका सहसचिव एवं आयोजना निर्देशक रविन्द्र बोहराले असहमति जनाएका छन् ।

    प्रेस काउन्सिलमार्फत खण्डन पठाई उनले उक्त समाचारप्रति शहरी विकास मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको पनि उल्लेख गरेका छन् । उनले खण्डनमा लेखेका छन्–‘उक्त सूचना/लेख पूर्ण रुपमा निराधार, कपोकल्पित, भ्रामक तथा यस मन्त्रालयका मन्त्रिज्यु, सचिवज्यू र आयोजना निर्देशकको चरित्र हत्या गर्न मनासायले प्रकाशित गरिएको छ ।



    कुनैपनि कार्यालयमा खटनपटन तथा आयोजना प्रमुख तोक्ने काम नितान्त मन्त्रालयको आफ्नो नियमित काम भएको र यसरी विभागीय तथा आयोजना प्रमुख खटाउदाँ सम्भव भएसम्म इच्छुक सबैलाई राखेर जसले छलफल गरी खटाउने गरिएकोले खटिने कर्मचारी के कति नम्वरमा पर्ने भन्ने कुरामा कुनै अर्थ देखिदैन । जिम्मेवारी पूर्ण रुपमा वहन गर्न सक्छ उसैलाई जिम्मेवारी तोक्न कार्य गरिएको हुन्छ ।

    त्यसैगरी तत्कालको समस्या समाधान गर्न कसैलाई थप जिम्मेवारी दिदाँ अर्को व्यवस्था नहुन्जेलसम्मको लागी मात्र तोकिएको हो । अधिकार सम्पन्न वाग्गती सभ्यता एकीकृत विकास समितिमा तत्कालिन आयोजना प्रमुखवाट सन्तोषजनक कार्य सम्पादन नभएपछी विल्डिङ एण्ड आर्किटेक्ट उप–समुहका सबै सहसचिवहरु राखी छलफल गराई सबैको सहमतिमा नै आयोजना प्रमुख पठाइएको हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार