Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मन्त्री भएको १७ दिनपछि जंगीअड्डा पुगे रक्षामन्त्री उप्रेती (फोटोफिचर)

    मन्त्री भएको १७ दिनपछि जंगीअड्डा पुगे रक्षामन्त्री उप्रेती (फोटोफिचर)

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेती शुक्रबार नेपाली सेनाको जंगीअड्डा पुगेका छन्। माघ ३ गते रक्षामन्त्री भएपछि पहिलो पटक उनी जंगीअड्डा निरीक्षणमा पुगेका हुन्।



    रक्षामन्त्रीमा नियुक्त भएपछि पहिलो पटक उनले जंगी अड्‍डा पुगेर नेपाली सेनाबारे औपचारिक जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।



    जंगी अड्‌डामा आयोजित कार्यक्रममा उप्रेतीसमक्ष नेपाली सेनाको संगठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाका गतिविधिबारे जानकारी गराइएको थियो।

    कार्यक्रमका क्रममा प्रधानसेनापति प्रभुराम शर्माले रक्षामन्त्रीलाई बधाई दिँदै नेपाली सेनाकातर्फबाट जंगी अड्‍डामा स्वागत गरे।

    उनले बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशहरुबाट सिर्जित चुनौतीहरु सम्बोधन, समाधान र न्यूनीकरण गर्न नेपाली सेनाको क्षमता बढाउनु आवश्यक रहेको उल्लेख गरे।

    प्रधान सेनापति शर्माले सरकारले नेपाली सेनालाई सुम्पिएका जिम्मेवारी र दायित्व निर्वाह गर्दा कानुनी प्रावधान पूरा गर्दै अगाडि बढ्नु पर्ने मान्यतामा आफूहरु अडिग रहेको प्रष्ट्याए।

    कार्यक्रममा मन्त्री उप्रेतीले आफ्नो पहिलो जंगी अड्‍डा भ्रमणका क्रममा नेपाली सेनाबारे दिएको जानकारीका लागि धन्यवाद व्यक्त गरे। उनले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाइराख्‍न सेनाले खेलेको भूमिकाको प्रशंसा गरे।

    रक्षामन्त्रीले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पदै आएका थप दायित्व निर्वाहमा अब्बल रहँदै आएको नेपाली सेना, नेपाल सरकार तथा नेपाली जनताको भरोसाको केन्द्रका रुपमा रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार