Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • लिटल फ्लावर प्रिमियर लिग–७ को ट्रफी सार्वजनिक, तयारी पुरा

    लिटल फ्लावर प्रिमियर लिग–७ को ट्रफी सार्वजनिक, तयारी पुरा

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 477
    SHARES

    कैलाली । धनगढीमा शनिवारबाट सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को तयारी पुरा भएको छ ।

    आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले आज फाप्ला क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।



    सोही अवसरमा प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङ्घ क्यानका केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष विक्रम विष्टले ट्रफी सार्वजनिक गरेका हुन् ।



    ट्रफी सार्वजनिक गर्दै विष्टले यो प्रतियोगिताले उमेर समूहका खेलाडी उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्‍याएको बताए । ‘एलपीएल वास्तवमै ग्रास रुटमा खेलाडी उत्पादनको राम्रो प्लेटफर्म बन्न सफल भएको छ, विष्टले भने, ‘अहिले यसै प्रतियोगिताबाट उत्पादन भएर राष्ट्रिय टिममा परिसकेका खेलाडी समेत हाम्रै अघि उदाहरणका रूपमा छन् ।’

    उनले यी लगायत यस्ता अन्य प्रतियोगिताको संरक्षण र बढवा दिनुपर्नेमा जोड दिँदै क्रिकेट सङ्घ त्यसका लागि सबै सहयोग गर्न तत्पर रहेको बताए । सो क्रममा आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

    ‘उद्घाटन समारोहका लागि गर्नुपर्ने तयारी बाहेक प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पुरा भएको छ’, शाहीले भने, ‘यो प्रतियोगितालाई थप परिष्कृत र व्यवस्थित बनाउँदै लैजाने हाम्रो प्रयास जारी छ । त्यसमा विगत जस्तै यो र आगामी संस्करणमा पनि यहाँहरूको महत्पूर्ण सहयोग रहने हामीले अपेक्षा राखेका छौँ ।’

    प्रतियोगिताको भोलि बिहान साढे १० बजे एक समारोहकाबिच उद्घाटन गरिने छ । प्रदेश प्रमुख देवराज जोशीले एलपीएलको सातौँ संस्करणको उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ । यो संस्करणमा १० टिमको सहभागिता रहेको छ ।

    फाप्ला क्रिकेट मैदानमा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

    त्यस्तै उदयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

    विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ ।

    प्रतियोगिता धनगढी उपमहानगरपालिका धनगढी संरक्षक, लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी प्रायोजक, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल (नेपाली जुटौँ, बाल विवाह रोकौँ) अवेरनेस पार्टनर, आइएमइ पे प्लेयर अफ द म्याच प्रायोजक रहेको छ ।

    त्यस्तै डिजिटल लर्निंग पार्टनरमा निमा एकेडेमी, हायर एजुकेसन पार्टनर टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाडौँ, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सहप्रायोजक हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी उत्तरबेहडी धनगढी रहेको छ ।

    त्यस्तै अफिसियल गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लीकेशन पार्टनर ओशन पब्लीकेशन प्रालि, हस्पिटालीटि पार्टनर इमेज होटेल प्रा.ली धनगढी, सर्टिङ एण्ड सुटिङ पार्टनर गुरुजी सर्टिङ एण्ड सुटिङ धनगढी, प्लेयर अफ दी टुर्नामेण्ट प्रायोजक मालिकार्जुन हार्डवेयर प्रा.लि. अत्तरिया रहेको छ ।

    त्यस्तै सहप्रायोजकहरुमा निष्ट फाउन्डेसन काठमाडौँ, के. आई. सिंह गाउँपालिका डोटी, हस्पिटल पार्टनर निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, स्किन केयर पार्टनर धनगढी स्किन केयर एण्ड एस्थेस्टिक सेन्टर धनगढी, सहप्रायोजकहरुमा चैतन्य पाठशाला धनगढी, जय मंगलम् सिमेन्ट प्राली युवा समाजसेवी विनोद शाही हाल अमेरिका, दाहाल पुस्तक पसल धनगढी, होटेल जियान हस्पिटालिटी धनगढी, उच्चाकोटी आर.एम.सी धनगढी , डिस्कभरि बोर्डिङ स्कुल धनगढी,सानभी बुक्स एण्ड स्टेशनरी धनगढी रहेका छन् ।

    वेस्ट बलर प्रायोजक वरिष्ठ युवा समाजसेवी जयन्ती थापा हाल अमेरिका एजुकेसन कन्सल्टेन्सी पार्टनर एस. आ. जी.नेपाल काठमाडौँ, वेस्ट ब्याट्सम्यान प्रायोजक विद्या भूषण पब्लिक स्कुल मोहनपुर कैलाली ,सहप्रायोजक नवजीवन हस्पिटल धनगढी, समाज सेवी अर्जुनराज जोशी (हाल कोरिया), कामिक्षा देवी डेरी धनगढी र विशेष अटो मोटिभ्स(हिरो) धनगढी कैलाली रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार