Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • रक्षामन्त्री उप्रेती भन्छन् – नेपाली सेनाको भूमिका प्रशंसनीय छ

    रक्षामन्त्री उप्रेती भन्छन् – नेपाली सेनाको भूमिका प्रशंसनीय छ

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 663
    SHARES

    काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

    सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पँदै आएको जिम्मेवारी अब्बल ढङ्गबाट पूरा गरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको बताए ।



    साथै उनले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सेनाले ठूलो योगदान पुर्‍याएको बताए । विश्व शान्तिका लागि जोखिम बहन गर्ने एवम् साहस प्रदर्शन गर्ने फौजमा नेपाली सेना सधैँ अग्रपङ्क्तिमा रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार