Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसँग पराजित

    साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसँग पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 933
    SHARES

    काठमाडौं । बंगलादेशमा सुरु साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ ।

    ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।



    बंगलादेशको सिपाही मुस्तफा कमल रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन अक्लिमा खातुन, कप्तान सामसुनहर, सहिदा अख्तर रिपाले गोल गरे । नेपालकी मनमाया दमाईले एक गोल फर्काएकी थिइन् ।



    आजै भएको पहिलो खेलमा भारतले भुटानमाथि १२-० को फराकिलो जित निकालेको थियो ।

    प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश गरी चार टिमको सहभागिता छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार