Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सामान्य प्रशासनमन्त्री मोदी भन्छन् – रेशम चौधरीसहित सजाय भोगिरहेकालाई जेलमुक्त गराउँछु

    सामान्य प्रशासनमन्त्री मोदी भन्छन् – रेशम चौधरीसहित सजाय भोगिरहेकालाई जेलमुक्त गराउँछु

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 633
    SHARES

    बाँके । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले टीकापुर घटनामा पक्राउ परि जेल सजाय भोगिरहेका थारु नेतालाई जेलमुक्त गराउने बताएका छन् ।

    राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा आयोजित ‘सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनको उद्घाटन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।



    उनले अधिकारका लागि भएका आन्दोलनमा पक्राउ परी मुद्धा खेपिरहेका र जेल जिवन विताइरहेका रेशम चौधरीसहितका थारु नेताहरुको मुद्धा फिर्ता गराउन हरसम्भवको प्रयास गरिरहेको बताए ।



    अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनले समेट्न नसकेपछि थारु समुदायले अधिकारका लागि समय–समयमा विद्रोह गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार