Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • रास्वपाले दिएको दुई दिने ‘अल्टिमेटम’ आज सकिँदै, प्रधानमन्त्रीको अडान कायमै

    रास्वपाले दिएको दुई दिने ‘अल्टिमेटम’ आज सकिँदै, प्रधानमन्त्रीको अडान कायमै

    अनलाइन नेपाल
  • शनिबार, २१ माघ २०७९
  • 717
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय दिनुपर्ने मागसहित प्रधानमन्त्रीलाई दिएको दुई दिने समयावधि आज सकिँदैछ ।

    गत बिहीबार साँझ बसेको पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले दुई दिन पर्खिने निर्णय लिएको थियो । तर यसबीचमा सत्तारुढ दलहरुबीच संयुक्त बैठक बस्न सकेको छैन ।



    रास्वपा सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैँसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडान कायमै छ ।



    अस्ति बिहीवार बसेको रास्वपा केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिनभित्र गृह मन्त्रालय आफूले पाउनुपर्ने र त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत बोलाउन माग गरेको थियो ।

    आजसम्म गृह मन्त्रालय नपाए त्यसपछि बैठक बसेर थप कदम चाल्ने रास्वपाको निर्णय छ । प्रधानमन्त्री प्रचण्डले भने लामिछानेको मुद्दा टुङ्गो नलागेसम्म धैर्यता गर्नुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्रीको अडानका कारण एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछाने असन्तुष्ट छन् ।

    नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले रवि लामिछानेलाई दोषी ठहर गरेपछि उनले सांसद, मन्त्री र पार्टी सभापतिको पद गुमाएका थिए । गत आइतबार नागरिकता पुनःप्राप्ति गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार