Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • श्रीलंकाका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट

    श्रीलंकाका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट

    अनलाइन नेपाल
  • शनिबार, २१ माघ २०७९
  • 420
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गरेकी छन् ।

    श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।



    सो अवसरमा श्रीलंकाका प्रधानमन्त्री गुणबद्र्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेको उल्लेख गर्दै आपसमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलंका आफ्ना समकक्षी एमयूएम अली सब्रिसँग भेट गरेकी थिइन् ।



    शुक्रबार नै उनी श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको विशेष सांस्कृतिक कार्यक्रममा सहभागी भइन् । परराष्ट्रमन्त्री पौड्याल आज बिहान श्रीलंकाको स्वतन्त्रता दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी भइन् । उनले आज दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्ने कायंक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार