Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आइजीपी सिंह इन्टरपोलको क्षेत्रीय सम्मेलनमा सहभागी हुन यूएई प्रस्थान

    आइजीपी सिंह इन्टरपोलको क्षेत्रीय सम्मेलनमा सहभागी हुन यूएई प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 849
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धीरज प्रताप सिंह प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा पुगेका छन्।

    उनी माघ २४ देखि २६ गतेसम्म सञ्चालन हुने क्षेत्रीय सम्मेलनमा गएका हुन्। नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौं नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा समेत त्यसतर्फ प्रस्थान गरेका छन्।



    उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित बिदाइ गरे।



    उक्त सम्मेलनमा विशेष गरि आर्थिक अपराध, साइबर अपराध, आतंकबाद र मानव बेचबिखन नियन्त्रण सम्बन्धमा छलफल हुने बताइएको छ । इन्टरपोलमा आवद्ध एसियाली देशका प्रहरी प्रमुखहरु सहभागी हुने कार्यक्रम सकिएपछी आईजीपी सिंह भारतको हैदराबाद जाने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार