Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • २१ सय विन्दुमा नेप्से, कारोबार रकम डेढ अर्ब मुनि

    २१ सय विन्दुमा नेप्से, कारोबार रकम डेढ अर्ब मुनि

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 522
    SHARES

    फाइल फोटो

    काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार नेप्से ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको छ ।

    यसदिन १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ बराबरको ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच भएको छ ।



    डेभलपमेन्ट बैंक समूह, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने बैंकिङ होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक आज धनात्मक भएका छन् ।



    एनआईसी एसिया बैंक, युनिभर्सल पावर, नेपाल लाइफ इन्स्योरेन्ससहितका कम्पनीको धेरै कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार