Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मधेस प्रदेश सरकारमा सहभागी हुँदै माओवादी, उद्योग मन्त्री बन्दै सुनिता

    मधेस प्रदेश सरकारमा सहभागी हुँदै माओवादी, उद्योग मन्त्री बन्दै सुनिता

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 498
    SHARES

    जनकपुरधाम। मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुने भएको छ।

    माओवादी केन्द्र अन्ततः एक मन्त्री र एक राज्यमन्त्री लिएर मधेस प्रदेशको मन्त्रिमण्डलमा सहभागी हुन लागेको हो ।



    माओवादीले उद्योग, पर्यटन तथा वन मन्त्रालय र एक राज्यमन्त्री पाउने भएको छ ।



    उद्योग मन्त्रालयमा माओवादी केन्द्रले सुनिता यादवलाई पठाउने भएको छ । त्यस्तै उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले जिम्मेवारी पाएको स्रोतले जनाएको छ ।

    मधेस प्रदेशमा माओवादी केन्द्रका ९ सांसद रहेका छन् । माओवादी संसदीय दलका नेता भरत प्रसाद साह पुनः मन्त्री बन्ने चर्चा चलेपनि एक मन्त्रालय मात्र पाउँदा सुनिता यादव मन्त्री बन्ने तय भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार