Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • १५ लाख मात्रा ‘बुस्टर डोज’ फागुनको पहिलो साता नेपाल आइपुग्ने

    १५ लाख मात्रा ‘बुस्टर डोज’ फागुनको पहिलो साता नेपाल आइपुग्ने

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 645
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप आगामी फागुन पहिलोसातामा नेपाल आउने बताएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले फागुनको पहिलो हप्ता आउनुपर्ने भए पनि प्राविधिक कारणले फागुन ८ गतेभित्रमा मात्र खोप नेपाल आउने बताए ।



    उनले कार्यतालिकाअनुसार फागुन १ गतेदेखि ४ गतेभित्र ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले पठाउने भने पनि प्राविधिक कारणले नेपाललाई अझै खोप आउनेबारे जानकारी नदिएकाले ढिलाइ भएको बताए ।



    छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’सँग ३० लाखा मात्रा खोप माग गरेको हो । पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार