Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सप्तरीमा भारतीय समूहले चलायो गोली, एकजना घाइते

    सप्तरीमा भारतीय समूहले चलायो गोली, एकजना घाइते

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 477
    SHARES

    फाइल तस्विर

    सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा गोली चलेको छ । बुधबार साँझ ३०–४० जनाको समूहमा नेपाल प्रवेश गरेका भारतीय नागरिकले गोली प्रहार गरेका हुन् ।

    प्रहरीका अनुसार उनीहरुले ५–६ राउन्ड गोली फायरिङ गरेको बताइएको छ । छर्रा लागेर स्थानीय महेन्द्र पासमान घाइते भएका छन् । उनको घुँडामा छर्रा लागेको छ । मध्य कोसीमा रहेको गोबरगाढाबस्ती भारतीय सीमासित जोडिएको छ ।



    सो बस्तीका गाईभैंसी चोरी गरी भारततर्फ लाने गरेकोमा पछिल्लो समय स्थानीय बिन्देश्वर रामको भैँसी चोरी भएको घटनामा स्थानीय बासिन्दाहरुले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई गोबरगाढामा राखेका थिए ।



    ती भारतीय नागरिकलाई छुटाउन ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकहरुले बस्तीमा फायरिङ गर्दै स्थानीयलाई कुटपिटसमेत गरेको बताइएको छ ।

    गोबरगाढामा भारतीयहरु आएर गोली प्रहार गरेको सूचना आएको र त्यसतर्फ नेपाल तथा सशस्त्र प्रहरी परिचालित भइसकेको सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार