Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुदूरपश्चिममा ‘लागुऔषधविरुद्धको महाअभियान’ सञ्चालन

    सुदूरपश्चिममा ‘लागुऔषधविरुद्धको महाअभियान’ सञ्चालन

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 1K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रदेशभित्र पर्ने तराईका जिल्लामा लागुऔषधविरुद्धको महाअभियान सञ्चालन भएको छ ।

    बिहीबार प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक अशोक सिंहले कैलाली-कञ्चनपुरका स्थानीय तहका जनप्रतिनिधि तथा औषधि व्यवसायी संघसँग छलफल गरेका हुन् ।



    उनले खुला नाका भएका कारण बढ्दै गएको लागुऔषध दुव्र्यसनी रोक्न सो अभियान सञ्चालन गरिन लागिएको बताउँदै समन्वय तथा सहयोगका लागि अपिल गरे । डीआईजी सिंहले लागुऔषधका कारण जघन्य अपराध तथा सवारी दुर्घटना बढ्दै गएकाले जथाभावी प्रयोगमा कारबाहीसँगै सचेतना फैलाउन जरुरी रहेको बताए ।



    उनले समाजमा बढ्दै गएको दुव्र्यसनी रोक्नुपर्नेमा जोड दिए । लागुऔषध दुव्र्यसनी न्यूनिकरण गर्नमा कसैले पनि ध्यान नदिएको उनले बताए ।

    कैलाली कञ्चनपुरमा लागुऔषध दुव्र्यसनीले विकराल रुप लिँदै गएको उनको भनाई छ । उक्त कार्यक्रममा धनगढी उप-महानगरपालिकाका उप-प्रमुख, कैलाली-कञ्चनपुर जिल्लाका स्थानिय तहका प्रमुख, जिल्ला प्रहरी कार्यालय कैलाली, कञ्चनपुरका प्रहरी प्रमुखहरुको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार