Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आईएमएफसँगको वार्ता असफल, जटिलतातर्फ पाकिस्तानी अर्थतन्त्र

    आईएमएफसँगको वार्ता असफल, जटिलतातर्फ पाकिस्तानी अर्थतन्त्र

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 684
    SHARES

    एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको वार्ता असफल भएपछि पाकिस्तानको आर्थिक स्थिति अनिश्चिततातर्फ धकेलिएको छ ।

    सरकारी अधिकारी र आईएमएफबीच पाकिस्तानलाई एक अर्ब अमेरिकी डलरभन्दा बढी सहायता राशि उपलब्ध गराउनेसम्बन्धी वार्ता असफल भएपछि इस्लामावाद कठिन स्थितिमा पुगेको हो ।



    शिथिल भएको देशको अर्थतन्त्रलाई गतिशील तुल्याउन तथा आर्थिक संकट उत्पन्न हुन नदिन पाकिस्तान सरकारले आईएमएफबाट प्याकेजमा सहायता जुटाउने प्रयास गरेको थियो।



    सैनिक खर्च अधिक विनियोजन गरेको पाकिस्तान सरकारले अन्य क्षेत्रमा सन्तुलित रूपमा रकम विनियोजन गर्न नसक्दा आर्थिक स्थिति नाजुक बनेको आर्थिक विश्लेषकले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार