Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अमेरिकाका फेस्टिभलमा पुरस्कृत महेश र विनिताको ‘हल्कारा’ वैशाख २९ मा रिलिज हुने

    अमेरिकाका फेस्टिभलमा पुरस्कृत महेश र विनिताको ‘हल्कारा’ वैशाख २९ मा रिलिज हुने

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 603
    SHARES

    काठमाडौं । अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको फिल्म ‘हल्कारा’ २९ वैशाखमा रिलिज हुने भएको छ ।

    अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र विनीता थापामगरको मुख्य भूमिका रहेको छ ।



    फिल्ममा महेश त्रिपाठीले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने विनिता थापा मगर मियाको भूमिकामा छिन् ।



    ‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

    यस्तै फिल्म नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनोट भएको थियो ।

    फिल्ममा उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्की लगायतको पनि अभिनय छ ।

    फिल्मलाई विक्रमसँगै विप्लव प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन् ।

    चिन्तन राजभण्डारीको छायाङ्कन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार