Online Nepal
  • बुधबार, १४ साउन २०८२
  • अमेरिकाले खसाल्यो आकाशमा उडिरहेको अर्काे शंकास्पद वस्तु

    अमेरिकाले खसाल्यो आकाशमा उडिरहेको अर्काे शंकास्पद वस्तु

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 957
    SHARES

    एजेन्सी । अमेरिकी लडाकु विमानले आफ्नो देशको सिमानामा अर्को उड्ने वस्तुलाई खसालेको छ।

    अमेरिकाले पछिल्लो एक हप्तायता आफ्नो देशको आकाशमा उडिरहेको वस्तु खसालेको यो चौथोपटक हो।



    अमेरिकी आकाशमा करिब २० हजार फिटको उचाइमा रहेको बेलुन जस्तो देखिने बस्तु खसालिएको अमेरिकी अधिकारीहरुले जनाएका छन्।

    अमेरिकाले आफूले खसालेका बस्तु चीनले जासुसीका लागि परिचालन गरेका बेलुन रहेको बताउँदै आएको छ। पछिल्लो पटक खसालिएको बेलुनबारे भने अमेरिकाले व्यवसायिक जहाज उडानमा बाधा गर्ने भन्दै खसालिएको बताएको छ।

    अमेरिकाले २० हजार फिटको उचाइमा उडेको उक्त वस्तुले हवाई उडानमा अवरोध गर्न सक्थ्यो। यस्तै एउटा वस्तु शनिबार मोन्टाना नजिक देखिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार