Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भ्यालेन्टाइन डेको अवसर पारेर ‘हुक्का एन एब्जर्ड ड्रिम’को फर्स्ट लुक सार्वजनिक

    भ्यालेन्टाइन डेको अवसर पारेर ‘हुक्का एन एब्जर्ड ड्रिम’को फर्स्ट लुक सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 639
    SHARES

    काठमाडौं । आगामी चैत ३ गते रिलिज हुने फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’ले मङ्गलबार परेको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर फस्टलुक सार्वजनिक भएको छ ।

    स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ ।



    फस्टलुकमा फिल्मका प्रमुख कलाकार अशु न्यौपाने र तेज गिरीलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । फिल्ममा तेज र प्रमिलाका अलावा प्रकाश घिमिर, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय छ ।



    पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता तथा रेश्मा प्रधान सहनिर्माता छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार