Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • लागुऔषध र फरार प्रतिवादीविरुद्ध ‘निर्मम बन्दै’ सुदूरपश्चिम प्रहरी

    लागुऔषध र फरार प्रतिवादीविरुद्ध ‘निर्मम बन्दै’ सुदूरपश्चिम प्रहरी

    एक महिनामा मात्रै ११६ प्रतिवादी र ११३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 885
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा लागूऔषध दुर्व्यसनी र फरार अपराधीविरुद्ध प्रहरी आक्रामक बनेको छ । गत माघ ४ गते प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले प्रदेश प्रहरीको कमाण्ड सम्हाले लगत्तै लागूऔषध प्रयोगकर्ता र फरार अपराधीविरुद्ध आक्रामक बनेका हुन् ।

    एक महिने कार्य प्रगति विवरणमा विभिन्न मुद्धाका ११६ जना प्रतिवादी र लागुऔषधसहित कैलाली र कञ्चनपुरबाट ११३ जना व्यक्तिहरुलाई पक्राउ गरिएको डीआईजी सिंहले जानकारी दिए । उनका अनुसार कैलालीबाट २३ केजी २५ ग्राम चरेस, १० ग्राम गाँजा, १२८ नाइट्रोभेट, ८ स्यास्मो, ६९ स्पास, १ कोरेक्स, १४५ ग्राम ९७७ मिलिग्राम हिरोइनसहित ८२ जना पक्राउ परेका छन् ।



    यस्तै कञ्चनपुरबाट १७ किलो ४६१ ग्राम चरेस, ८८ ग्राम ७ सय ५५ मिलिग्राम हिरोइन, ९४ फेनार्गन, ९३ रेक्सोजेसिक, ७९ डाईजापाम र १० नाइट्राभेटसहित ३१ जना पक्राउ परेको प्रदेश प्रहरी प्रमुख सिंहले जानकारी दिए । यस्तै ५ सय १७ ग्राम चरेस सहित ३ जना पक्राउ परेका छन् ।



    यस्तै लागुऔषधमा चरेस ४१ किलो ३ दशमलव ६९ ग्राम, गाँजा १० ग्राम, नाइट्राभेट १३८ ट्याब्लेट, स्यास्मा ८ ट्याब्लेट, स्पास ६९ ट्याब्लेट, कोरेक्स १ ट्याब्लेट, हेरोइन २३५ ग्राम ४५ मिलिग्राम, फेनार्गन ९४ ट्याब्लेट, रेक्सोजेसिक ९३ ट्याब्लेट, ७९ एम्पुल डाईजापाम बरामद गरिएको छ ।

    उनले सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्थापन चुस्त दुरुस्त मिलाउन सिमानाका क्षेत्र तथा प्रदेशका जिल्लामा सक्रिय रूपमा प्रहरी परिचालन गरिएको बताए । प्रदेशका सिमानाकाबाट चोरी लागुऔषधका घटना बढी हुने गरेको बताउँदै अभियान नै सञ्चालन गरिरहेको र चोरी, तस्करी, लागुऔषध, अपराध सम्बन्धी घटनाको न्यूनीकरणका लागी समन्वय गरिरहेको बताए ।

    यस्तै साइबर क्राईमको गलत प्रयोग लाई कम गर्न विद्यालय तथा स्थानीय निकायसँग समन्वय गरी विभिन्न कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।

    यस्तै उनले हातहतियार सहित अछाम, बाजुराबाट १÷१ जना र कैलालीबाट २ गरी ४ जना व्यक्ति पक्राउ परेको बताएका छन् । जसमा एक जनाले भरुवा बन्दुक ४ थान, कटुवा पेस्तोल २ थान, सोको २ राउण्ड गोली र सिसाको ४ थान, फलामको गोली बरामद गरिएको छ ।

    ३५२ दशमलव २५ क्युफिट सिसम र सालको काठ गरी २ लाख ८१ हजार ३७५ मूल्य बराबरको अवैध काठ सहित ८ जना व्यक्ति लाई पक्राउ गरिएको छ । वन्यजन्तु चोरी निकासीमा १ जना चित्तलको छाला र २ जना बाघको छालासहित ३ जना व्यक्ति पक्राउ परेका छन् । यस्तै वन्यजन्तु चोरी निकासी भइरहेको अवस्थामा चित्तलको छाला २ थान र बाघको छाला १ बरामद गरिएको जनाएको छ ।

    कैलालीबाट भन्सार छली गर्ने २१ जना जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ४३ लाख ९३ हजार ४ सय ७६ मूल्यका सामान बरामद गरिएका छन् । कञ्चनपुरबाट १० जना र ३२ लाख २१ हजार ५५३ मूल्यका सामान बरामद गरिएका छन् । यस्तै यो समयमा सुदूरपश्चिममा ७६ लाख १५ हजार २१ मूल्यको भन्सार छलीको राजस्व संकलन गरिएको छ ।

    १९ वटा लागुऔषध महाअभियान कार्यक्रमबाट ७२६ जना लाभान्वित भएका छन् । ५० वटा राजमार्ग चक्काजाम निषेधित समिति गरिएको छ । उनले नागरिक मैत्री सेवा प्रदान गर्दै जनता र प्रहरी बिच समन्वय गरेर अघि बढ्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी पनि यही भएकाले सुरक्षा प्रदान गर्नुपर्ने सुरक्षा निकायको जिम्मेवारी रहेकाले यसको लागी प्रहरी कटिबद्ध भएर लाग्ने डीआईजी सिंहले प्रतिवद्धता व्यक्त गरे ।

    यस अवधीमा डीआईजी सिंहले सुदूरपश्चिममा लागुऔषधविरुद्धको महाअभियान पनि सञ्चालन गरेका छन् । जसअनुसार अहिले सुदूरपश्चिमका ९ वटै जिल्लामा लागुऔषधविरुद्ध विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार