Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • हलिउड अभिनेत्री रक्वेल वेल्चको निधन

    हलिउड अभिनेत्री रक्वेल वेल्चको निधन

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 579
    SHARES

    एजेन्सी । हलिउड चर्चित अभिनेत्री रक्वेल वेल्चको निधन भएको छ । वेल्चको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

    सन् १९६० को दशकमा आफ्नो सुन्दरताका कारण दर्शकको मनमा बस्न सफल उनी लामो समयदेखि बिरामी थिइन । वेल्चको अस्वस्थता कै कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।



    वेल्चले ५० वर्षको अभिनय करियरमा ३० फिल्म र ५० टेलिसिरियल अभिनय गरेकी थिइन् । यसको अलवा उनले धेरै प्रोजेक्टमा क्यामियो पनि गरेकी थिइन् ।



    फिल्म ‘वान मिलियन वर्ष ईसा पूर्व’ मा अभिनय गरेको कारण उनलाई सेक्स सिम्बल र सेक्स बमको नाम दिइएको थियो । उनका चर्चित फिल्म ‘१०० राइफल्स’, ‘द प्रिन्स एण्ड द पपर’, ‘चेयरम्यान अफ द बोर्ड’ र ‘लिगली ब्लोन्ड’ जस्ता धेरै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार