Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अन्तिम कारोवार दिन पनि ओरालो लाग्यो सेयर बजार

    अन्तिम कारोवार दिन पनि ओरालो लाग्यो सेयर बजार

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 468
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयरबजारमा आरालो लागेको छ । नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७० बिन्दुमा आएर रोकिएको छ ।

    बजारसँगै कारोबार रकम पनि लगातार घटिरहेको छ । आज दुई सय ५६ वटा कम्पनीका ४७ लाख ४७ हजार कित्ता सेयर एक अर्ब ६८ करोड ४९ लाख रुपैयाँमा कारोबार भएका छन् ।



    सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ३८ लाख र अपी पावर कम्पनीको पाँच करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।



    बिहिबारको कारोबारमा सबै उपसुचकहरुमा आरालो लागेको छ। यसैगरी सानिमा ठूलो क्याप कोषको सेयर कारोबार ७.६५ प्रतिशतले बढेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार