Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पाकिस्तानको कराचीमा रहेको प्रहरी प्रधान कार्यालयमा आक्रमण

    पाकिस्तानको कराचीमा रहेको प्रहरी प्रधान कार्यालयमा आक्रमण

    अनलाइन नेपाल
  • शनिबार, ६ फाल्गुन २०७९
  • 459
    SHARES

    एजेन्सी । पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा आक्रमण भएको छ ।

    गएराति एक आक्रमणकारी समूहले प्रहरी मुख्यालयमा प्रवेश गरी गोली चलाएका हुन् ।



    घटनापछि केन्द्र सरकार सिन्ध सरकारसँग निरन्तर सम्पर्कमा रहेको र सबै प्रकारको सहयोग गर्न तयार रहेको पाकिस्तानको गृह मन्त्रालयले जनाएको छ ।



    सहरका अरु क्षेत्रबाट प्रहरी प्रधान कार्यालय कराचीमा थप सुरक्षाकर्मी पठाइएको छ । सुरक्षा सतर्कता बढाइएको बताइएको छ । क्षतिबारे थप विवरण आउन बाँकी छ ।

    पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले ट्विट गरी आक्रमणको जानकारी दिए । यो आक्रमणको जिम्मा तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले लिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार