Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युव ट्रेन्डिङ एकमा

    ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युव ट्रेन्डिङ एकमा

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युबको पहिलाे नम्बर ट्रन्डिङमा पर्न सफल भएको छ ।

    शुक्रबार सार्वजनिक गरिएको तीन मिनेट २० सेकेन्डको ट्रेलर आजसम्ममा युट्युबको नम्बर १ ट्रेन्डिङमा परेको छ । भिडिओलाई हालसम्म १० लाख पटक हेरिएको छ ।



    ट्रेलरले समसामयिक राजनीतिप्रति व्यग्य गर्दै गुन्डागर्दी, वैदेशिक रोजगारजस्ता विविध विषय फिल्ममा उठाइएको प्रष्ट्याएको छ।

    कलाकारहरु दीपकराज गिरी, दीपा श्री निरौला, निर्मल शर्मा, केदारप्रसाद घिमिरे, बुद्धी तामाङ, निर शाह, राज आचार्य, मलिना जोशी, बेनिसा हमाल, आदि लगाायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।

    आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा हेमराज बीसीद्वारा निर्देशित फिल्म आगामी फागुन १९ गते रिलिज हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार