Online Nepal
  • शुक्रबार, ९ साउन २०८२
  • इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम विजयी

    इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम विजयी

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 756
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहमले जित हात पारेका छन् ।

    आइतबार राति भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई ३-० गोलले पराजित गरेको हो ।



    युनाइटेडका लागि रास्फोर्डले २५ र ५६ मिनेटमा गोल गर्दा सान्चोले ६१ मिनेटमा तेस्रो गोल गरे ।

    यस्तै टोटेनहमले वेस्ट ह्यामलाई २-० गोलले पराजित गरेको छ । टोटेनहमका लागि इमर्सन रोयलले ५६ र सन मिनले ७२ मिनेटमा गोल गरे।

    लिगमा युनाइटेड २४ खेलबाट ४९ अंक जोड्दै तेस्रो र टोटेनहम ४२ अंक जोडेर चौथो स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार