Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सिलिन्डर विस्फोटमा घाइते भएका भण्डारीको स्वास्थ्य सामान्य बन्दै, भेन्टिलेटर हटाइयो

    सिलिन्डर विस्फोटमा घाइते भएका भण्डारीको स्वास्थ्य सामान्य बन्दै, भेन्टिलेटर हटाइयो

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 438
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतको मुम्बईमा उपचारत नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

    मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई अस्पतालले भेन्टिलेटर हटाएर ‘नर्मल मास्क’ बाट अक्सिजन दिएको छ ।



    मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीसँगै रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार नेता भण्डारीले पहिलोपटक आज दोहोरो संवाद पनि गरेका छन् ।



    फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार