Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • केपी ओली कपको ट्रफी सार्वजनिक

    केपी ओली कपको ट्रफी सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 444
    SHARES

    काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ।

    आयोजकले मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो।



    प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन्। प्रतियोगिताको दोस्रो दिन शुक्रबार दुई खेल हुनेछ। पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एनआरटी भिड्नेछन्।



    सो खेल बिहान ११ः०० बजे हुनेछ। सोही दिन मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड खेल्नेछन्। सो खेल दिउँसो ३ बजे हुनेछ। फागुन १३ गते शनिबार केपी ओली एफसी र जावलाखेल खेल्नेछन्।

    आइतबार प्रतियोगिताको पहिलो सेमिफाइनलमा सातदोबाटो र पुलिसबीचको खेलको विजेता तथा आमी र एनआरटीको विजेता भिड्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार