Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, कृत्रिम अक्सिजन दिन बन्द गरिने

    सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, कृत्रिम अक्सिजन दिन बन्द गरिने

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 471
    SHARES

    काठमाडौं । खाना पकाउने ग्यास लिक भई भएको आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ ।

    मुम्बईको नेशनल बर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचार गराइरहेका उनको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आइरहेको हो ।चिकित्सकहरूका अनुसार बुधबारदेखि उनलाई कृत्रिम अक्सिजन दिन बन्द गरिनेछ ।



    नेशनल बर्न सेन्टरका डा सुनिल केशवानीका अनुसार भण्डारीलाई ‘इटी ट्युब’मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनि कम हुँदै गएको छ।



    सांसद भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रुपमा पलाएको तर हातहरूमा अलिअलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएको मुम्बईमा रहेका कांग्रेस नेता योगराज कँडेलले बताए।

    सांसद भण्डारीको स्वास्थ्य सुधार भइरहेकाले अबको चार दिनपछि आइविसियु (इन्टेन्सिभ बर्न केयर युनिट) बाट बाहिर निकाल्न सकिने चिकित्सकले बताएका नेता कँडेलले जानकारी दिए।

    “पारामिटरहरू नर्मल रहेका छन् । ज्वरो छैन । यो बेला ज्वरो आउनु हुँदैन आएमा राम्रो हुँदैन भन्नेछ,” चिकित्सकलाई उदृत गर्दै उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “अबको काम इन्फेक्सनबाट बचाउने हो ।”

    आफूले चिकित्सकसँग परामर्श लिइरहेका बेला आफ्नो आवाज सुनेर ‘योगराज यता आऊ’ भनेर भण्डारीले भनेको उनले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार