Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • डीआईजी अशोक सिंहले दिए राजीनामा

    डीआईजी अशोक सिंहले दिए राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 879
    SHARES

    काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय पुगेर आज डीआईजी सिंहले राजीनामा पत्र बुझाएका हुन् ।

    सिंहको जन्म मिति फरक फरक रहेको लगायतका आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।



    सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो ।



    सिंह हाल सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख थिए । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको दौडमा रहेका बेला जन्ममिति विवाद सार्वजनिक भएपछि छानविनलाई सघाउन सिंहले राजीनामा दिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार