Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • केपी ओली कप आजदेखि, विजेताले १० लाख पाउने

    केपी ओली कप आजदेखि, विजेताले १० लाख पाउने

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ ।

    राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन १७ गतेसम्म चल्ने प्रतियोगितामा ’ए’ डिभिजन क्लबका सात र एक आयोजक टोलीगरी आठ टिमले प्रतिस्पर्धा गर्ने छन् ।



    प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम एनआरटी क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, सातदोबाटो युथ क्लब, जावालाखेल युथ क्लब र आयोजक केपी ओली फुटबल क्लब सहभागी छन् ।



    प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे सुरू हुनेछ ।

    अरू सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ भने फाइनल खेल चाहिँ दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। हरेक खेलको विजेताले २५ हजार रुपैयाँ पाउनेछ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार