Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सरकारी खर्च कटौती गर्ने पाकिस्तानी प्रधानमन्त्री शरिफको घोषणा

    सरकारी खर्च कटौती गर्ने पाकिस्तानी प्रधानमन्त्री शरिफको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 504
    SHARES

    एजेन्सी । पाकिस्तानले सरकारी खर्च ठूलो मात्रामा घटाउन थालेको छ ।

    अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेपछि प्रधानमन्त्री शाहबाज शरिफले पत्रकार सम्मेलनमार्फत सरकारी खर्चमा कटौती गर्ने घोषणा गरेका हुन् ।



    उनले आफू र आफ्ना मन्त्रीहरू कसैले पनि तलब लगायत कुनै पनि सुविधा नलिने बताए । प्रधानमन्त्री शरिफले सबै केन्द्रीय मन्त्रीहरूलाई बिजुली, पानी, ग्यास र टेलिफोनको बिल आफ्नो निजी खर्चबाट तिर्नका लागि अपिलसमेत गरे ।



    यस्तै उनले मन्त्रीहरूसँग रहेका विलासी गाडीहरूको लिलामी गर्ने, सर्वोच्च अदालत, उच्च अदालत र कर्मचारीतन्त्रमा पनि खर्च कटौतीका लागि अपिल गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार