Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एमाले नेता रावलले भने- राष्ट्रपति निर्वाचनलाई लिएर विदेशी शक्तिहरू भैलो खेलिरहेका छन्

    एमाले नेता रावलले भने- राष्ट्रपति निर्वाचनलाई लिएर विदेशी शक्तिहरू भैलो खेलिरहेका छन्

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 597
    SHARES

    सुर्खेत । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरूको हस्तक्षेप बढिरहेको बताएका छन् ।

    शुक्रबार बिहान सुर्खेत पुुगेका एमालेका पूर्वउपाध्यक्षसमेत रहेका नेता रावलले वर्तमान सत्ता गठबन्धन संविधानविपरीतको भएकाले यो धेरै दिन नटिक्ने दाबी गरेका हुन्।



    रावलले भने,‘देशको राष्ट्रपति जस्तो पदमा विदेशी हस्तक्षेप त छँदै थियो, राष्ट्रपति को बन्ने भन्ने कुरामा पनि विदेशीहरूले नाम लिएको कुरा देखियो । यो निर्लज्ज निन्दनीय छ, तर पनि राजनीतिक दलहरू यसैमा रमाइरहेका छन् ।’



    उनले केही दिनदेखि अमुक विदेशी राजदूतहरू नेताहरूको घरघरमा गएर भैलो खेलिरहेको टिप्पणी गरे । रावलले वर्तमान राजनीति नेपाली जनताको हितमा नभएको बताए ।

    उनले नेपालको राजनीति नेपाली जनताको भलाई र नेपालका लागि कुनै मतलब नराखेर विदेशीको इसारामा चलिरहेको आरोप समेत लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार