Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेकपा एमालेका नेता चौलागाई साँखुको जंगलमा मृत फेला

    नेकपा एमालेका नेता चौलागाई साँखुको जंगलमा मृत फेला

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 666
    SHARES

    काठमाडौं । नेकपा एमालेका काठमाडौंका जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई मृत फेला परेका छन् ।

    शुक्रवार काठमाडौँको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेको साँखु प्रहरीले जनाएको छ ।



    उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार बनेका थिए ।



    सिन्धुपाल्चोकको भोटेचौर घर भएका उनी पछिल्लो समय काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका थिए ।

    घटनास्थलमा भर्खरै प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार