Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

    हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 630
    SHARES

    काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको छ । शुक्रबार धुमधामका साथ पूजा गरेर दुई बैंकबीच एकीकृत कारोबार सुरु भएको हो ।

    हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले पूजा गरेर एकीकृत कारोबार सुरु गरेका हुन् । शुक्रबार हिमालयन बैंकको केन्द्रिय कार्यालय कमलादीमा पूजापाठ गर्दै श्रेष्ठले एकीकृत कारोबार गरेका हुन् ।



    हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर आजदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो ।



    सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंकको चुक्ता पुँजी २३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी कूल पुँजी ३४ अर्ब रुपैयाँ पुग्दै छ ।

    त्यस्तै, बैंकमा कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ भएको छ भने कूल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ भएको हिमालयन बैंकले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार