Online Nepal
  • बुधबार, ७ साउन २०८२
  • सिंहदरवारभित्र सर्वसाधारणलाई सहजै छिर्ने व्यवस्था गर्न सांसद ज्वालाको माग

    सिंहदरवारभित्र सर्वसाधारणलाई सहजै छिर्ने व्यवस्था गर्न सांसद ज्वालाको माग

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गरेका छन् ।

    शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद ज्वालाले सांसदहरू र उनीहरूका आफन्तहरू मात्रै छिर्न पाउने व्यवस्थाको अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसाधारणलाई सिंहदरबार छिर्न पाउने व्यवस्था गर्न माग गरे ।



    ‘हामी सुशासन र जवाफदेशिताको कुरा गर्छौं। तर, जनातालाई प्रताडित गरिरहेका छौं’ सांसद ज्वालाले भने, ‘यसकारण सभामुखबाट आजै रुलिङ हुनुपर्यो कि सिंहदरवारभित्र जनता सहज रुपमा प्रवेश गर्न पाउने व्यवस्था गरियोस् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार